Logo

पेट्रोलियम पदार्थमा ठगी गर्ने तीनकुनेको भ्यालीबाबा पेट्रोल पम्प सिल



काठमाडौं, ३० असोज । तीनकुनेको गैरीगाउँस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको छ । अनुमगमनका क्रममा पेट्रोलको मात्रामा ठगी हुने गरेको पाइएपछि सिल गरिएको हो ।

पेट्रोल पम्पहरुले मात्रामा ठगी गरेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अनुगमनमा गएको प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू सम्मिलित टोलीले उक्त पेट्रोल पम्पमा सिल गरेको थियो ।

उक्त टोलीले उपत्यकाका अन्य विभिन्न पेट्रोल पम्पहरुमा अनुगमन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्