Logo

हमासको आक्रमणमा परी निधन भएका नेपालीहरुको शव २/३ दिनभित्र नेपाल पठाउने तयारी



काठमाडौं, ३० असोज । इजरायलस्थित नेपाली राजदूतावासले विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव स्वदेश पठाउने तयारी भइरहेको बताएको छ ।

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै राजदूतावासले अब २/३ दिनभित्रै शव नेपाल पठाउने बताएको हो ।

‘निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २/३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ भने अन्य शवको पहिचानको काम भइरहेको छ,’– विज्ञप्तिमा भनिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot