Logo

कोशीमा प्रमुख प्रतिपक्षीको जिम्मा राप्रपालाई



काठमाडौ, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेश सभामा प्रतिनिधित्व रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री कार्कीको विश्वासको मतको विपक्षमा राप्रपाका पाँच सांसदहरुले मतदान गरेका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरुले कार्कीलाई विश्वासको मत दिए ।

यो सँगै अब कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको जिम्मा राप्रपाले पाउने भएको छ । राप्रपा कोशी प्रदेश सभा संसदीय दलका नेता भक्ति प्रसाद सिटौला अब प्रतिपक्षी दलका नेता बन्ने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot