Logo

राष्ट्रलाई जरुरी पर्छ भने हामी सदैव आफ्नो ज्यान आहुती दिन तयार छौंः केपी ओली



काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही तत्वहरुले देश विगार्न खोजिरहेको टिप्पणी गरेका छन् । विविधताको नाममा केही तत्वहरुले आयातित विविधता भित्र्याएर देशमा अशान्ति मच्चाउन खोजेको उनको आरोप छ ।

बुधबार एमाले निकट राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दसैं,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश विगार्न खोज्ने त्यस्ताखाले तत्वका विरुद्ध एमाले सशक्त भएर उभिने बताए । देशलाई जरुरी पर्दा एमाले पंति आफ्नो ज्यान आहुती दिन पनि तयार रहेको उनको भनाई छ ।

‘देश विगार्न अनेका खाले तत्वहरुले खोज्छन् । हामी शान्तिको पक्षमा छौं र सधैं शान्तिको पक्षमा हुन्छौं । राष्ट्र अप्ठ्यारोमा पर्छ भने एउटामात्रै कन्ठिसन राष्ट्र अप्ठ्यारोमा पर्छभने हाम्रो चिन्ह खुकुरी र दण्डा क्रम भएको छ । हाम्रो लोगो खुकुरी र दण्डा क्रस भएको छ । राष्ट्रलाई जरुरी पर्छ भने हामी सदैव आफ्नो ज्यान आहुती दिन तयार छौं,’– उनले भने ।

विविधतालाई विभेदको विषय बनाइन नहुने उनको भनाई छ । विविधता सामान्य कुरा भएको बताउँदै उनले त्यसलाई विभेदको विषय बनाउन, त्यसले गर्दा अधिकारमा असमानता, विभेद, थिचोमिचो, शोषण, पक्षपातजस्ता कुराहरु गर्न नहुने बताए ।

एमाले विभिन्न प्रकारका असमानता र विभेदहरुलाई अन्त्य गरेर सामाजिक न्याय र समानता कायम गर्ने पक्षमा रहेको उनले बताए ।

आफूहरु समानतामा आधारित सामाजिक सद्भाव कायम गर्दै हामी अगाडि बढ्ने बताउँदै उनले त्यसले राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको औँचित्य पुष्टि भइसकेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्