Logo

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ



काठमाडौं, ३ असोज । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कमलप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । रुपन्देही लितोत्तमा नगरपालिका– ६ स्थायी ठेगाना भई हाल पोखरा बस्ने ५३ वर्षीय श्रेष्ठलाई पीडित विनिता पौडेलको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बैंकिङ कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि फरार रहेका श्रेष्ठलाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । उनीमाथि आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्