काठमाडौं, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्नेगरी थला पारेको बताएका छन् ।
चाडपर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सरकारले दसैं, तिहार र छठ पर्वमा पनि नागरिकलाई पीडा दिएको टिप्पणी गरेका हुन् ।
‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु। तर सन्दर्भ गतिलो छैन। नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ। अर्थतन्त्र गिरेको छ। भुईं छोला जस्तो भइसक्यो। यो अवस्थामा सरकार के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे ।
दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन उनले आग्रह गरे। उनले नजिकिँदै गरेको वडादसैं, शुभ दिपावली र छठ पर्व लगायतको चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरे ।