एजेन्सी । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र सहरहरूमा गाजा–सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको आक्रमणलाई तीब्रता दिएको छ ।
उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ जसबाट इजरायलमा कम्तिमा एक हजार ४ सय जनाको ज्यान गएको छ । File photo/RN