Logo

कांग्रेसले वर्तमान सरकारको विकल्प खोजेको छैन, कोशीको असर अन्य प्रदेशमा पर्दैनः सहमहामन्त्री परियार



काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कोशी प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनले अन्य प्रदेश र केन्द्रीय गठबन्धन सरकारमा कुनै असर नपार्ने बताएका छन् ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डा. शेखर कोईरालाले कोशीमा लिएको अडानमा पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले समेत समर्थन जनाएको भन्दै यसको असर अन्यत्र कतै नपर्ने दाबी गरेका हुन् । साथै, कांग्रेसले समेत अहिले अन्य प्रदेश र संघीय सरकारमा विकल्प नखोजेको उनको भनाई छ ।

‘डा. शेखर कोईरालाले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भनेर अडान लिनुभयो । एमालेसँग समेत साथ लिएर केदार कार्कीजी अहिले मुख्यमन्त्री बन्नुभएको छ । यदि कुनै सांसदले बहुमत सिद्ध गर्न नसकेको भए हामी मध्यावधिमा जानपर्ने अवस्था थियो ।’ उनले भने, ‘अहिले यतिबेला मध्यावधि होईन हामीले यसको विकल्प खोज्नपर्छ शेखर कोईरालाले त्यो पहल कदमी गर्नुभएको हो । पछिल्लो दिनमा प्रचण्ड, शेरबहादुर देउवासमेतले त्यसलाई समर्थन गर्नु भएको छ । अन्य प्रदेशमा र संघमा अहिले कुनै विकल्प खोजिएको छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot