Logo

एनआरएनए युएई उपाध्यक्ष खत्रीको दाबीः ‘आरके शर्मा र बद्री केसी मिल्नुहुन्छ’



काठमाडौं, १२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष निराजन खत्रीले एनआरएनएको विवाद चाँडै समाधान हुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एनआरएनएमा राजनीतीकरण हुँदा अहिलेको समस्या आएको बताउँदै यो समस्या चाँडै समाधान हुने बताएका हुन् ।

‘म व्यक्तिको पक्षमा छैन, एनआरएनएको पक्षमा छु । व्यक्तिलाई राजनीतिक हस्तक्षेप भएको कारणले व्यक्तिवादी सोचमा गएको हो तर एनआरएन एनआरएननै हो । यसलाई फुटेको भन्न मिल्दैन । उहाँहरु (आरके शर्मा र बद्री केसी) बैठक बसिसक्नु भएको छ ।’ उनले भने, ‘मिलेर अगाडि जाने भनेर लागिरहनु भएको छ । त्यसलाई फुटेको भन्न हुँदैन, मिसकम्युनिकेशन भएकोमात्रै हो । अहिले एनआरएनए समाज सेवाको हिसाबले मुभमेन्ट भएको छैन । राजनीतिक हस्तक्षेपको कारण यो भएको हो । उहाँहरु मिल्नुहुन्छ ।’

एनआरएनएका निर्वाचनमा धाँधली भएको भए त्यही अनुसार अगाडि बढ्न आवश्यक रहेको उनले बताए । होईन भनेर आरके शर्माले मत परिणाम स्वीकार गर्न आवश्य रहेको उनले बताए ।

एनआरएनएको ११औं महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले दिएको अभिव्यक्ति केही हदसम्म सही रहेको उनको भनाई छ । एनआरएनए दुवईले उल्लेखनीय समाज सेवाको काम गरेको उनको दाबी छ ।

कोभिडको समयमा गरेको सहयोगदेखि दुवईमा गएका नेपालीहरुको समस्या समाधानमा आफूहरुले उल्लेखनीय काम गरेको उनको दाबी छ । एनआरएनएभित्र पनि सिन्डिकेट रहेको बताउँदै उनले आफूहरुको क्षमताले भ्याएसम्म काम गरिरहेको उनले बताए ।

एनआरएनएमा दलको सिन्डिकेट रहेकाले अलिकति धमिलो बनेको उनले उनले बताए । दुवईमात्रै लगभग दुई लाख नेपाली रहेको उनले बताए । दुवईमा पछिल्लो समय समाजसेवी पनि त्यही मान्छे र नाईके पनि त्यही मान्छे देखिएको उनको भनाई छ । दुवईमा केही नेपालीहरु अराजक प्रवृत्ति रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot