Logo

महासचिव गुटेरेसलाई सिंहदरबारमा प्रधानमन्त्रीको न्यानो स्वागत



काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनले पराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसकेका छन् ।

महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै भेट्ने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्