Logo

महासचिव गुटेरेसले नेपाल र नेपालीको राम्रो मूल्याङ्न गर्नुभयोः केपी ओली



काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रीत भएर सकेसम्म छिटो समाधान गर्न आवश्यक रहेको बताए । संघीय संसदको संयुक्त बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि पीडित केन्द्रीत भएर, नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरु समेतलाई ध्यानमा राखेर शान्ति प्रक्रिया टुंगियोस् भन्ने चाहेको बताए ।

‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर, नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरु समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नपर्छ, सकेसम्म छिटो समाधान खोज्न पर्छ,’– उनले भने ।

महासचिव गुटेरेसले वातावरण, गरिबी निवारण, शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउने विषयमा संसद्मा विशेष प्रकाश पारेको उनको भनाई छ । नेपाल र नेपाली राष्ट्रको महासचिव गुटेरेसले राम्रो मूल्याङ्कन गरेको उनले बताए ।

गरिब देशहरुलाई सम्पन्न र धनी देशहरुले सहयोग समर्थन गर्नुपर्ने, संयुक्त राष्ट्रसंघमा जनाएका प्रतिवद्धताहरुलाई पूरा गर्नुपर्ने र वातावरण विनासप्रति सबै सचेत हुनुपर्नेमा महासचिव गुटेरेसको विशेष जोड रहेको उनले बताए । गुटेरेसले नेपालको सचेतता र योगदानप्रति विशेष प्रशंसा गरेको पनि ओलीले बताए ।

ओलीले एमालेको तर्फबाट गुटेरेसलाई धन्यवाद व्यक्त गरेका छन् । गुटेरेसको सम्बोधन संक्षिप्तमा र धेरै राम्रो रहेको भन्दै ओलीेले प्रशंसा गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot