Logo

शासक वर्ग र बाह्य शक्तिका कारण नेपालको विकास हुन नसकेको ओलीको दाबी



काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शासक वर्गका कारण नेपालको विकास हुन नसकेको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) काठमाडौंमा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शासक वर्ग र बाह्य शक्तिका कारण नेपालको विकास हुन नसकेको बताएका हुन् ।

धेरै नेपालीहरु हातमुख जोड्नमै लागिरहनु परेको अवस्थामा साहित्य, कला र संस्कृति सिक्ने र हेर्ने अवसरबाट बञ्चित भइरहेको उनले टिप्पणी गरे । विभिन्न कालमा शासन गर्ने शासकहरुले जनतालाई बञ्चित गरेको कारण नेपालको विकास र समृद्धि हुन नसकेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्