Logo

राजनीतिसँगै समाज सेवामा सक्रिय ऐडी बने भूकम्प पीडितको सहारा



काठमाडौं, १४ कात्तिक । नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडीले व्यक्तिगत लगानीमा भूकम्प पीडितहरुको घर निर्माण गरिदिएका छन् ।

ऐडीको टिमले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का धनलाल आउजी, मष्टा गाउँपालिका वडा नम्बर २ कि बेलमति विष्ट लगायतको घर निर्माण गरिदिएका हुन् ।

गत असोज १६ गते आएको भुकम्पले बझाङमा १२ हजारभन्दा बढि घरहरुमा क्षति पुर्याएको थियो । ऐडी अहिलेमात्रै नभएर विगत लामो समयदेखि निरन्तर समाज सेवामा छन् ।

बाढीपहिरो,भूकम्प, डुबानजस्ता दैविक प्रकोपले क्षति पुर्याएको ठाउँमा उद्धार र पुनर्स्थापनामा उनले योगदान पुर्याउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्