Logo

एनआरएनए विवादः बद्री केसीद्वारा आरके शर्माविरुद्ध उजुरी



काठमाडौं, १५ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले समानन्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । केसीले प्रहरी वृत्त दरबारमार्ग पुगेर शर्मा विरुद्ध उजुरी दिएका हुन् ।

एनआरएनएको कार्यालयमा हिजो (मंगलबार) आरके शर्मा र बद्री केसीका समर्थकबीच विवाद भएको थियो । उक्त विवादमा एनआरएनएका अभियन्ता ओम शर्माको दाँच भाँचिएको थियो । उक्त घटनापछि आरके शर्मा पक्षधरले बद्री केसी र नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध उजुरी दिएका थिए ।

आफूमाथि उजुरी परेको भोलिपल्टै अध्यक्ष केसीले जिउ ज्यान र सम्पत्तिको शान्ति सुरक्षा, अभद्र व्यवहार र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्ध कारबाहीको माग गर्दै शर्माविरुद्ध उजुरी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्