Logo

महासचिव गुटेरेसको सुरक्षाका लागि आधार शिविरमा खटिएका असई ढुंगानाको निधन



काठमाडौं, १५ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अन्नपूर्ण आधार शिविर भ्रमण तयारी र सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको निधन भएको छ ।

अन्नपूर्ण बेसक्याम्पबाट फर्किने क्रममा उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई एयर डाइनेष्टीको हेलिकोप्टरमार्फत उद्धार गरेर पोखरास्थिति मनिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो ।

उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । ढंगाना महासचिव गुटेरेसको भ्रमणको व्यवस्थापन र सुरक्षाका लागि गत कात्तिक १२ गते आधार शिविर पुगेका थिए ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगानाको लेक लागेर निधन भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्