Logo

एमालेको चियापान छल्न बारा गए माधव नेपाल



काठमाडौं, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल नेकपा (एमाले) को चियापान समारोहमा सहभागी नहुने भएका छन् ।

यसअघि कुनै पनि कार्यक्रममा एमालेले एकीकृत समाजवादीलाई निमन्त्रणा गर्ने गरेको थिएन् । आज हुने चियापान समारोहमा भने अध्यक्ष नेपाल, सम्मानीत नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई एमालेले पत्र काटेरै निमन्त्रणा पठाएको थियो ।

एमालेको चियापान छल्नका लागि अध्यक्ष नेपाल भने आज बारा गएका छन् । उनी बुद्ध एयरको विमानमार्फत बारा प्रस्थान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्