Logo

भानुभक्त गौतमद्वारा ग्राबिटी इन्जिन आविष्कार गरेको दाबी



काठमाडौं, १५ कात्तिक । अमेरिका निवासी भानुभक्त गौतमले ग्राबिटी इन्जिन आविष्कार गरेको दाबी गरेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले आविष्कार गरेको ग्राबिटी इन्जिनको बारेमा जानकारी गराएका हुन् ।

आफूले आविष्कार गरेको ग्राबिटी इन्जिनबाट विजुली निकाल्न सकिने उनले बताए । यस ग्राबिटी इन्जिनलाई औद्योगिक तथा घरेलु कार्यमा पनि प्रयोग गर्न सकिने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्