Logo

एमालेको चियापानः ओली-देउवाको संयुक्त अभिवादन



काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) ले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बडादसैं, शुभदिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा एकालेले चियापन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो ।

चियापान कार्यक्रमलाई देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले स्टेजबाट हात हल्लाएर अभिवादन गरे । चियापान कार्यक्रममा प्रधानमन्त्री, विभिन्न दलका नेता, विदेशी कूटनीतिक नियोगका प्रमुख, एनआरएनएका प्रमुख लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । एमालेले चियापान कार्यक्रममा देउवाको सहभागितालाई विशेष महत्व दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot