Logo

प्रहरीद्वारा सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक



काठमाडौं, १५ कात्तिक । प्रहरीले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कूलका सञ्चाल रुपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ ।

कलैयाको भरतचोक नजिकै सर्राफलाई गोली हानी हत्या गरिएको थियो । उक्त प्रकरणमा आठ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ । संलग्नमध्ये पाँच जनालाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई सार्वजनिक गरेको हो । अझैं पनि घटनाको मुख्य योजनाकार पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त हत्या प्रकरणका मुख्य योजनकारका रुपमा चिनिएका मनोज गुप्ता भारततर्फ फरार रहेका छन् । एक महिलासँगको सम्बन्धका कारण उक्त घटना हत्यासम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।



प्रतिक्रिया दिनुहोस्