Logo

निर्वाचनमा दलहरुबीच गठबन्धन गर्न नमिल्ने कानुनी व्यवस्था गरौंः रवि लामिछाने



काठमाडौं, १५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको समयमा दलहरुबीच गठबन्धन गर्न नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा यस्तो बताएका हुन् ।

चुनावपछि सरकार बनाउन दलहरूबीच गठबन्धन हुनु सामान्य कुरा भएप्नि चुनाव जित्नकै लागि गठबन्धन बनाउने कुरा राम्रो नभएको उनको भनाई थियो ।

साथै, मतदातालाई राइट टु रिजेक्ट (नो भोट) र विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकारको व्यवस्था गर्न उनले माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्