Logo

रिगलको आममाफी बदर भएपछि भारतीले तोडिन अनशन



काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतले रिगल डन भनिने योगराज ढकालको आममाफी बदर गरेपछि भारती मानन्धरले अनशन तोडेकी छन् ।

आफ्ना पति चेतन मानन्धनरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनले रिले अनशन घोषणा गरेकी थिईन ।

सर्वोच्चले भारतीले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दैै रिगललाई बाँकी कैद भुक्तानका लागि कारागार पठाउन आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै रिगल पक्राउ परिसकेका छन् ।

रिगललाई ११ बर्ष ११ महिना ५ दिन कैद भुक्तानका लागि पुनः कारागार पठाउने सर्वोच्चको आदेशपछि भारतीले जुस पिएर अनशन तोडेकी छन् ।



प्रतिक्रिया दिनुहोस्