Logo

नेपाल लाइफद्वारा आयोजित एक दिवसीय ‘बिजनेश रिभ्यू मिट’ सम्पन्न



काठमाडौं, १७ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय ‘बिजनेश रिभ्यू मिट’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा “पराक्रमी गति आक्रामक निती” नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

वरिष्ठ संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक अग्रवालले देश आर्थिक मन्दी बाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण प्रगतिका सहयात्रीहरुलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल लाइफ आफैंमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको उनले बताए । अहिलेको विषम परिस्थितिमा कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगट्दै बजारको लिडरको रूपमा आफूलाई स्थापित गराएको उनको भनाई छ ।

उनले विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिँदै आजको अवस्थामा कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमीका निर्वाह गर्नुपर्ने बताए । उनले कम्पनीको सेल्स टिम तथा अभिकर्ता अत्यन्तै अनुभवी र परिपक्क भएको कारण आहिलेको विषम अवस्थामा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्नेमा आफु विश्वस्त रहेको समेत बताए ।

सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहुँचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरुलाई चालु आ.ब. को पहिलो त्रैयमासको कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न दत्तचित्त भई कार्य गर्न आग्रह गरे ।

कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटालाईजेसनको कार्य थालनी गरिसकेको उनले बताए । निकट भविष्यमा बीमितहरुले कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गनृसक्ने उनको भनाई छ ।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्तचित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लिगेसीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको नेशनल सेल्स हेड उमापति पोखरेलले बताए ।

समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले हालसम्मको उपलब्धीका लागि सबैलाई धन्यबाद ज्ञापन गरे । साथै, जीवन बीमा बजारको हिस्सालाई थप बृहत बनाउनका निम्ति उनले आग्रहसमेत गरे । साथै, उनले नेपाल लाइफ मार्केट लिडर भएको कारण कम्पनीको जिम्मेवारी पनि अधिक रहेको र सोलाई मनन गर्दै कार्यसम्पादन गर्न सबैलाई अनुरोध गरे ।



प्रतिक्रिया दिनुहोस्