Logo

मन्थली विमानस्थलका प्रमुख थापा निलम्बित



काठमाडौं, १७ कात्तिक । नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ ।

आज (शुक्रबार) विमानस्थलभित्रै तारा एयरका दुई पाइलटबीच भएको विवाद छानविनका लागि विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको बताइएको छ । तारा एयरका पाइलट सन्तोष शाह र सञ्जिव श्रेष्ठबीच विमानस्थलभित्रै कुटाकुट भएको थियो ।

क्याप्टेन शाह सोलुको लुक्लाबाट आज विहान ८ बजे विमान लिएर मन्थली आएका थिए भने अर्का क्याप्टेन श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए ।

सोही क्रममा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा क्याप्टेन श्रेष्ठले क्याप्टेन शाहलाई एक मुक्का हानेर धकेलिएको बताइएको छ । क्याप्टेन शाह भुँईमा बजारिएर सामान्य घाईते भएको बताइएको छ । प्राधिकरणले क्याप्टेनद्वय श्रेष्ठ र शाहको लाईसेन्स निलम्बन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्