Logo

आममाफी बदरः ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तानका लागि रिगल कारागार चलान



काठमाडौं, १७ कात्तिक । रिगल डन भनिने योगराज ढकाललाई बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । सर्वोच्च अदालतको फैसलालगत्तै नेपालगञ्जबाट पक्राउ परेका रिगललाई प्रहरीले आज बाँके जिल्ला अदातमा उपस्थित गराएको थियो । जिल्ला अदालत बाँकेले रिगललाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको हो ।

नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनको आममाफीविरुद्ध रिट निवेदन लिएर भारती मानन्धर सर्वोच्च गएकी थिईन् ।

उक्त रिट निवेदनको सुनुवाइ गर्दैै सर्वोच्चको पूर्ण इजलासले रिगलको आममाफी बदर गरिदिएको थियो । सर्वोच्चले रिगललाई अब ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न भनेको छ । सर्वोच्चको सोही आदेश बमोजिम जिल्ला अदालत बाँकेले कैदी पूर्जीसहित रिगललाई कारागार पठाएको हो ।



प्रतिक्रिया दिनुहोस्