Logo

रुस्लानद्वारा ५०औं वार्षिकोत्सवमा गल्फ प्रतियोगिता आयोजना



काठमाडौं, १७ कात्तिक । रुस्लानले आफ्नो ५०औं वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्का स्थापना कालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको कम्पनीको दाबी छ । यसै अवसरमा रुस्लानले रोयल नेपाल गल्फ क्लब (RNGC) सँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालमै गल्फको सुरुवातकर्ता RNGC ले पनि आफ्नो सञ्चालनको १०७औं वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र RNGC दुवैै मिलेर “रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता“ गल्फ प्रतियोगिता आयोजन गर्न गइरहेको हो ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाका अनुसार “रुस्लानको पाँच दशक यात्रा र च्ल्न्ऋ को १०७औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा हामी गौरवान्वित छौै । उत्कृष्टताको साथै यस ब्राण्ड प्रति सहेको विश्वासलाई सदा कायम राख्ने प्रतिबद्धता दिन्छौं ।“

रुस्लान गल्फ प्रतियोगिता यहि कार्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुन गइरहेको छ जसमा १३० जना RNGC सदस्यहरूको प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितालाई रुस्लान र RNGC दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र एक उत्सवको रुपमा मनाउन आयोजना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्