Logo

सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि एक करोड सहयोग गर्ने



काठमाडौं, १८ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई राहत दिन एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

आज (शनिबार) बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितलाई राहतका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहीले मन्त्रिपरिषद् बैठकपछि धनगढीमा पत्रकार सम्मेलन गरी राहतका लागि रकम छुट्याइएको बताए । उनले राहत रकम राहत सहायता उपलब्ध गराउन बनेको निकायलाई उपलब्ध गराउने पनि उनले बताए ।

मन्त्रिपरिषद्को बैठकबाट भूकम्प प्रभावित क्षेत्रमा प्रदेश सरकारको तर्फबाट २० जना स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको छ ।

गएराति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ३३ जनाको निधन भएको छ । त्यस्तै, भूकम्पमा परी एक सय ४० जनाभन्दा बढि घाईते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्