Logo

लोमस फर्मासिटिकल्सका डाइरेक्टर पाण्डेद्वारा औषधी सहयोग



काठमाडौं, १८ कात्तिक । लोमस फर्मासिटिकल्स प्रा.लि.का डाइरेक्टर प्रनवजङ्ग पाण्डेले भूकम्पमा परी घाईते भएकाहरुको उपचारका लागि औषधी सहयोग गरेका छन् । उनले भूकम्प पीडितहरुको उपचारमा प्रयोग हुने पेन किलर र दुखाई कम गर्ने मलम सहयोग गरेका हुन् ।

सिनामंगलमा रहेको सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन प्लाटुनका प्रमुख पूर्ण साउद र डाकटरहरुको उपस्थितिमा उनले सो औषधी हस्तान्तरण गरेका हुन् ।

गएराति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा जनधनको क्षति भएको छ । औषधी हस्तान्तरण पछि पाण्डेले भूकम्पमा परी घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभका कामना गरे । उनले भुकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्