Logo

भूकम्प पीडितहरुको अस्थायी बसोबासका लागि डा.झाद्वारा राहत घोषणा



काठमाडौं, १८ कात्तिक । छाला तथा यौन रोग विशेषज्ञ डा.प्रसन्न झाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको अस्थायी बसोबासका लागि सहयोगको घोषणा गरेका छन् ।

उनले भूकम्प पीडितहरुको अस्थायी बसोबासमा सहयोगका लागि एक लाख रुपैयाँ बराबरको ५० थान त्रिपाल उपलब्ध गराउने घोषणा गरेका हुन् ।

गएराति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प जाँदा एक सय ३६ जनाको निधन भएको छ । त्यस्तैगरी, एक सय ६६ जना घाईते भएका छन् । भूकम्पबाट जाजरकोटर रुकुम पश्चिम निकै प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस्