Logo

‘पुतली बाजे’ का नामले परिचित कोलन स्मिथको निधन



काठमाडौं, १८ कात्तिक । ‘पुतली बाजे’ का नामले परिचित कोलन स्मिथको निधन भएको छ । उनी पुतलीविज्ञ हुन् । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदा दिएको स्मिथको ८७ वर्षको उमेरमा पोखराको हरियोखर्क अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनी करिब ५० वर्ष पहिला नेपाल आएका थिए । उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं डा. बाबुराम भट्टराईका गुरुसमेत हुन् । पूर्व प्रधानमन्त्री भट्टराईलाई स्मिथले गोरखाको अमर ज्योति हाइस्कूलमा पढाएका थिए । स्मिथलाई नेपाल सरकारले मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्