Logo

भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १३८, घाईते ७ जनालाई काठमाडौं ल्याइँदै



काठमाडौं, १८ कात्तिक । गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३८ पुगेको छ ।

मृत्यु हुनेहरु जाजरकोटका एक सय जना र रुकुम पश्चिमका ३८ जना रहेका छन् । उक्त भूकम्पमा परी एक सय ६६ जना घाईते भएका छन् ।

घाईतेहरु जाजरकोटका ८१ जना रहेका छन् भने रुकुम पश्चिममा ८५ जना रहेका छन् । घाईतेमध्ये सात जनालाई थप उपचारका लागि नेपाल एयरलाईन्सको उडानमार्फत् काठमाडौं ल्याइँदै गरिएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्