Logo

सिटिजन्स बैंकले भूकम्प पिडितको सहायताका लागि २५ लाख सहयोग गर्ने



काठमाडौं, १८ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प पिडितको सहायताका लागि २५ लाख सहयोगको घोषणा गरेको छ । बैंकले भूकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमार्फत २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

‘कर्णाली प्रदेशको जाजरकोटमा मिति २०८०।०७।१७ गतेका दिन गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु. २५ लाख प्रदान गर्ने निर्णय गरेको छ,’– बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वस्थ लाभका लागि कामना गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुऱ्याउदै आएको छ । बैंकले भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने बताएको छ ।

सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि, पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको छ ।

सिटिजन्स बैंकको देशभर एक सय ८८ वटा शाखा, एक सय ४८ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु बाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्