Logo

भूकम्प प्रभावितहरुका लागि अन्तराष्ट्रिय सहयोग स्वीकार गर्ने सरकारको निर्णय



काठमाडौं, १९ कात्तिक । सरकारले भूकम्प पीडितका लागि आएको अन्तराष्ट्रिय क्षेत्रका सहयोग प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित जनताका लागि अन्तराष्ट्रियस्तरबाट प्रस्तावित सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्प प्रभावितहरुका लागि अन्तराष्ट्रिय समुदायबाट प्रस्ताव भएको सहयोग स्वीकार गर्ने र सहयोगका लागि धन्यवाद दिने निर्णय भएको बताईन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको छ । भूकम्पपछि छिमेकी मुलुक चीन, भारत र मित्रराष्ट्र पाकिस्तान, रुस लगायतले सहयोगका लागि प्रस्ताव गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्