Logo

जिपछिरिङ लामाले भूकम्प पीडितहरुको राहतका लागि ११ लाख सहयोग गर्ने



काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले भूकम्प पीडितहरुका राहतका लागि ११ लाख सहयोग गर्ने भएका छन् ।

आज (आईतबार) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले राहत घोषणा गरेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा मिनबहादुर विश्वकर्माले बताए ।

‘पार्टीका केन्द्रीय सदस्य जिपछिरिङ लामाले आजनै ११ लाख रुपैयाँ जम्मा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ,’– उनले भने ।

साथै, कांग्रेसका पूर्व सांसद दिव्यमणि राजभण्डारीले पाँच लाख रुपैयाँ दिने पनि निर्णय भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्