Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान



काठमाडौं, १९ कात्तिक । सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न इच्छुकलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोर्षमा रकम जम्मा गर्न आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको ११३०१००००३७६२००१ खातामा सहयोग रकम जम्मा गर्न आह्वान गरेको हो ।

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५७ जनाले ज्यान गुमाएका छन् । उक्त भूकम्पमा परी दुई सय जनाभन्दा बढि घाईते भएका छन् भने ठूलो मात्रामा जनधनको क्षति भएको छ ।



प्रतिक्रिया दिनुहोस्