Logo

सुनको असर्फी र मेडालियन खरिद गर्नेको भीड (फोटोफिचर)



काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी र मेडालियन (चाँदीको सिक्का) विक्री सुरु गरेको छ । बैंकले सर्वसाधारण उपभोक्ताका लागि आजदेखि विक्री खुल्ला गरेको हो ।

राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्राम सुनको सिक्का विक्रीमा राखेको छ । सुनको सिक्का १० ग्रामको बजार मूल्य मूल्य १ लाख २ हजार तीन ६५ रुपैयाँ तोकिएको छ । त्यसैगरी ५ ग्रामको ५१ हजार तीन ८३ रुपैयाँ र २.५ ग्रामको सिक्काको मूल्य २५ हजार पाँच ९२ रुपैयाँ तोकिएको छ

त्यसैगरी बैंकले चाँदीमा भने २५ ग्राम, १०/१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ । २५ ग्राम चाँदीको सिक्काको मूल्य ४ हजार रुपैयाँ र १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रहेको छ ।

विक्री खुल्ला भएको पहिलो दिन सुनचाँदीको सिक्का खरिद गर्नेहरुको भीड लागेको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्