Logo

प्रहरीकोमा बयान दिएर फर्किए प्रसाईँ



काठमाडौं, १९ कात्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले सोधपुछपछि छाडिदिएको छ । सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएको भन्दै उनलाई नेपाल प्रहरीको साईबर व्यूरोले अनुसन्धानका लागि बोलाएको थियो ।

बोलाउँदा नआएमा पक्राउ गर्ने प्रहरीको योजना थाहा पाएपछि आफैं साईबर व्यूरो भोटाहिटी पुगेका प्रसाईलाई प्रहरीले सोधपुछ गरेर छाडिदिएको हो ।

साईबर व्यूरोमा प्रसाईँविरुद्ध सामाजिक सद्भाव भड्काउने कार्य गरेको भन्दै उजुरी परेपछि उनलाई बोलाएर सोधपुछ गरिएको बताइएको छ ।

गोप्य स्रोतका अनुसार बयानको क्रममा प्रसाईँलाई एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा रहेको लगानी पुष्टि गर्न प्रहरीले भनेको छ । प्रमाण पुष्टि गर्न नसेके कानुनी कारबाही भोग्नुपर्ने प्रहरीको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot