Logo

गृहमन्त्री श्रेष्ठसहितको टोली भुकम्प प्रभावित क्षेत्रमा



काठमाडौं, १९ कात्तिक । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली भूकम्प पीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।

उक्त टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत रहेका छन् ।

उनीहरु नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । उक्त टोलीले एक हजार ५० वटा स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एक सय ब्ल्याङ्केट वितरण गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्