काठमाडौं, २० कात्तिक । कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा खटिएर काम गर्ने भएका छन् । प्रदेश सरकारका मन्त्रीहरुबीच आज (सोमबार) भएको छलफलपछि भूकम्प प्रभावित क्षेत्रमा समन्वय र व्यवस्थापनको काममा खटिने निर्णय भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई जाजरकोटमा खटाइएको छ । त्यस्तै, कृषि मन्त्री भीम शर्मा रूकुम (पश्चिम) र सल्यानका लागि खटिएका छन् । मुख्यमन्त्री राजकुमार शर्मा पनि केही दिन भूकम्प प्रभावित क्षेत्रमा खटिने र अरु मन्त्रीहरु सुर्खेतमै बसेर निरन्तर रुपमा भूकम्प प्रभावितहरुको व्यवस्थापनमा समन्वय गरिरहने निर्णय भएको छ ।