Logo

भूकम्प प्रभावितहरुको सहयोगार्थ एनआईसी एशिया बैंकद्वारा ५१ लाख सहयोग हस्तान्तरण



काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले भूकम्प पीडितहरुको सहयोगार्थ ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ५१ लाख रुपैयाँको चेक आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी १ एक सय ५३ जनाको निधन भएको छ । त्यस्तै, उक्त भूकम्पमा परी दुई सय ५० जनाभन्दा धेरै घाईते भएका छन् । भूकम्प पीडितहरुको उद्धार, उपचार र राहतका लागि भन्दै सरकारले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रकम जम्मा गर्न चाहनेहरुका लागि आह्वान गरेको थियो । FIle Photo/RN



प्रतिक्रिया दिनुहोस्