काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकनामा जाने भएका छन् ।
युरोप भ्रमणको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर राष्ट्रपति पौडेले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन् ।
राष्ट्रपति पौडेल भोलि (मंगलबार) भूकम्प प्रभावित क्षेत्रमा त्यहाँको अवस्था बुझ्न जान लागेका हुन् ।
राष्ट्रपति पौडेलको आगामी कात्तिक २२ गते फान्स हुँदै जर्मन र इटाली जाने पूर्व निर्धारित कार्यक्रममा थियो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि उनले युरोप भ्रमण स्थगित गरेका हुन् ।