Logo

स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर क्याम्पसद्वारा भूकम्प प्रभावितलाई नगद सहयोग गर्ने निर्णय



काठमाडौं, २० कात्तिक । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) कोटेश्वर क्याम्पसले भूकम्प प्रभावितहरुका लागि नगद सहयोग गर्ने निर्णय गरेको छ । भूकम्प प्रभावितहरुको उद्धार र राहत कार्यका लागि कोटेश्वर क्याम्पस स्ववियूले राहत कोषमा नगद सहयोग गर्ने भएको हो ।

कोटेश्वर क्याम्पस स्ववियू अध्यक्ष सञ्जय बुढाथोकीले भूकम्प पीडितको पुनर्स्थापनाका लागि राहत कोषमा २२ हजार दुई सय २२ रुयैयाँ सहयोग प्रदान गर्ने निर्णय भएको बताए ।

‘भूकम्पले आहत भएका जाजरकोट, रुकुमपश्चिमलगायत प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षाका लागि विद्यार्थीहरुकातर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने हेतुले हामीले यो सहयोग गर्ने निर्णय गरेका हौं,’– अध्यक्ष बुढाथोकीले भने ।



प्रतिक्रिया दिनुहोस्