Logo

बझाङका भूकम्प पीडितको सहारा बन्दै नेता ऐडी, व्यक्तिगत लगानीमा घर निर्माण



काठमाडौं, २० कात्तिक । नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडीले व्यक्तिगत लगानीमा भूकम्प पीडितहरुको घर निर्माण गरिरहेका छन् ।

ऐडीको टिमले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का धनलाल आउजी, मष्टा गाउँपालिका वडा नम्बर २ कि बेलमति विष्ट लगायतको घर निर्माण गरिसकेका छन् ।

‘हामीले एकल महिला, असहाय, बुढाबुढी, छोराछोरीले नहेरेका जो अहिले पालमा बसिरहेका छन्, उनीहरुलाई लक्षित गरेर हामीले काम सुरु गरेका हौं । सम्पर्कमा आएजति हामी गर्छौं,’– उनले भने ।

ऐडीको टिम अहिले भूकम्पबाट घर भत्किएर त्रिपालको साहरामा रहेका हरुको घर पुनर्निर्माणमा जुटिरहेको छ । उनीहरु अहिले पनि विपन्न, गरिब र सहाराबिहीनहरुको घर निर्माणमा जुटेका छन् । आफूले थलारा र मष्टामा बढिमात्रामा काम गरिसकेको उनले बताए ।

गत असोज १६ गते आएको भुकम्पले बझाङमा १२ हजारभन्दा बढि घरहरुमा क्षति पुर्याएको थियो । ऐडी अहिलेमात्रै नभएर विगत लामो समयदेखि निरन्तर समाज सेवामा छन् ।

बाढीपहिरो,भूकम्प, डुबानजस्ता दैविक प्रकोपले क्षति पुर्याएको ठाउँमा उद्धार र पुनर्स्थापनामा उनले योगदान पुर्याउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्