Logo

भूकम्प प्रभावितहरुका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पूर्वद्वारा सहयोग हस्तान्तरण



काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रुकुम (पूर्व) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको सहयोगार्थ ५० हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।

नेराकसं रुकुम (पूर्व) ले आज (सोमबार) जिल्ला विपद् व्यवस्थापन समितिलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । रुकुम (पूर्व) मा रहेर नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले स्वैच्छिक रुपमा दिएको रकम हस्तान्तरण गरिएको संगठनका अध्यक्ष दिनेश ओलीले बताए ।

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको थियो । उक्त भुकम्पमा परी दुई सय ५० जनाभन्दा बढि घाईते भएका छन् । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्