Logo

क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने



काठमाडौं, २० कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा छनोट हुने नेपाली राष्ट्रिय टोलीलाई ५० लाख पुरस्कार प्रदान गर्ने भएको छ । आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुने नेपाली टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, क्यानले मलेसियामा सम्पन्न एसीसी यु–१९ प्रमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको युवा टोलीलाई जनही ५० हजारका दरले नगद पुरस्कार दिने भएको छ ।

साथै, राष्ट्रिय महिला क्रिकेट टोली हङकङमा आयोजना हुने चार देश सम्मलित महिला टी(२० आई सिरिजमा सहभागी हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्