Logo

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता



काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । आज (सोमबार) भएको उक्त भेटवार्तामा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र अन्य समसमायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा राजदूत सोङले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । साथै, उनले भूकम्प प्रभावितहरुका लागि चीन सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot