काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । आज (मंगलबार) पौडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले अस्पतालमा पुगेर विरामीको अवस्थाबारे जानकारी लिएका थिए ।
राष्ट्रपति पौडेललाई भूकम्प पीडितहरुले खाद्यन्न, आवासदेखि लिएर अतिआवश्यक कुराहरुको व्यवस्थापनका लागि आग्रह गरेका थिए । भूकम्प पीडितहरुको गुनासोप्रति केन्द्रीत हुँदै राष्ट्रपति पौडेलले सरकारले अल्पकालीन र दीर्घकालीन आवश्यकता हेरेर व्यवस्थापन गर्ने बताए । आफूले भूकम्प प्रभावितहरुको व्यवस्थापनका लागि सरकारसँग सल्लाह गर्ने भदै चिन्तित नहुन पौडेलले आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।