काठमाडौं, २२ कात्तिक । आम जनता पार्टीका अध्यक्ष प्रभु साह आरती साहको न्यायको माग गर्दै उनका परिवारले जारी राखेको धर्नामा सहभागी भएका छन् । आज (बुधबार) काठमाडौंको माईतीघरमा पुगेर उनले धर्नामा समर्थन जनाएका हुन् ।
आरती साह गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिईन् । जनकपुर उपमहानगरपालिका–९ थापाचोकका मोदीबाबु साहसँग विवाह गरेकी आरतीलाई दाईजो थोरै ल्याएको भन्दै उनको परिवारले हत्या गरेको आरतीका आमाबाबुको आरोप छ ।
घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै आरतीका आमाबाबु लामो समयदेखि माईतीघरमा धर्नामा छन् । गृहमन्त्रालयले आरतीका बाबुआमालाई वार्तामा आउन पत्र काटेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन ।