Logo

वामथन्थीहरुले आत्मालाई स्वीकार गरेको भन्दै झलनाथको आपत्ति



काठमाडौं, २४ कात्तिक । नेकपा (एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका वामपन्थीहरुले आत्मालाई स्वीकार गरेको भन्दै आपत्ति जनाएका छन् ।

आज (शुक्रबार) अमृतनाथ तिमल्सिनाद्वारा लिखित पुस्तक समृद्धि र सरोकार लोकार्पण समारोहलाई सम्बोधन गर्दै मान्छेको आत्मा नहुने र माक्र्सवादी विचारलाई स्वीकार गर्नेहरुले आत्मालाई स्वीकार गर्न नसक्ने बताएका हुन् ।

‘मान्छेसँग आत्मा हुँदैन । माक्र्सवादीहरुले आत्मा मान्दैनन् । मान्छे चाहीँ मर्छ रे आत्मा मर्दैन रे । के भनेको यो ? यो ढंगको गलत प्रचार । हाम्रो दिमागलाई भुट्ने बाहेक केही पनि होईन,’– उनले भने ।

वामपन्थीहरुले द्वन्द्वात्मक भौतिकवादलाई मार्गदर्शन मान्नु पर्ने र आत्मालाई स्वीकार गर्न नसक्ने उनले बताए । नेपालमा सही विचारको विकास हुन नसक्दा वामपन्थीहरु टुक्रा–टुक्रामा विभाजन भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्