काठमाडौं, २४ कात्तिक । एनएमबी बैंकले एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त दुई सय क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी POS वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक प्राप्त गर्न एक पटकमा एक हजार न्यूनतम भुक्तानी गर्नु पर्नेछ ।
एनएमबी बैंकले हाल देशभरी दुई सय एक शाखाहरु, एक सय ५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।