Logo

विद्युत महशुल नतिर्ने २६ हजारभन्दा धेरै ग्राहकको लाईन काटियो



काठमाडौं, २५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २६ हजार ग्राहकको लाईन काटेको छ । प्राधिकरणले पछिल्लो समय चलाएको अभियानमा विद्युत महशुल समयमै नतिर्ने २६ हजार दुई दुई सय ४४ ग्राहकको लाईन काटेको हो । समयमै महशुल नतिर्ने ग्राहकबाट उठाउन पर्ने बक्यौता करिब ६२ करोड रहेको प्राधिकरणले जनाएको छ ।

समयमा महशुल नतिर्ने ग्राहकको संख्या सबैभन्दा धेरै मधेश प्रदेशमा रहेका छन् । प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुर मातहतका वितरण केन्द्रबाट समयमै महशुल नतिर्ने चार हजार आठ सय ५२ ग्राहकको लाईन काटिएको छ ।



प्रतिक्रिया दिनुहोस्